नयाँ बन्ने स्वास्थ्य रणनीतिका लागि सुझाव माग्दै स्वास्थ्य मन्त्रालय


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठवर्षे नयाँ रणनीति बनाउने भएको छ । दिगो विकास लक्ष्य २०३० का लक्ष्य हासिलका लागि मन्त्रालयले नयाँ रणनीति बनाउन लागेको हो ।

नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–३० नाम दिइएको रणनीतिका लागि ४८ विषय समेटिएको छ । सरोकारवालबीच विषयवस्तुमाथि छलफल भइरहेको मन्त्रालयले जनाएको छ । नयाँ रणनीति प्राथमिकतामा राख्नुपर्ने सुझावका लागि मन्त्रालयले आमनागरिकबाट सुझाव संकलन फाराम भराइरहेको छ ।

नयाँ रणनीतिमा सहरी स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बीमा, मातृशिशु स्वास्थ्यलगायत विषयवस्तुलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया