एमसीसीविरुद्व मोर्चा बनाउँदै विप्लव, भीम रावलसँग भेटवार्ता


काठमाडौं – नेकपा एमालेका नेता भीम रावल र नेकपा महासचिव ‘विप्लव’बीच भेटघाट भएको छ। बिहीबार बिहान विप्लव आफ्ना पार्टीका नेता खड्कबहादुर विश्वकर्मासँग नेता रावललाई भेट्न टोखास्थित रावलको निवास पुगेका हुन्।

तीने नेताबीचको भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको जनाइएको छ। एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लव सचिवालयले जनाएको छ।

विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका सम्मानित नेता झलनाथ खनाललगायतलाई भेटेका थिए। त्यस्तै नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया