कांग्रेसको सप्तरी सभापतिका लागि दुई जनाको उम्मेदवारी


सप्तरी – नेपाली कांग्रेसको सप्तरी सभापतिका लागि संस्था पक्ष र संस्थापन इतरबाट उम्मेदवारी दर्ता भएको छ ।

राजविराजस्थित औद्योगिक क्षेत्रमा स्थापना भएको निर्वाचन कार्यालयमा पुगेर दुवै पक्षले उम्मेदवारी दर्ता गराएका हुन् ।

डा. शेखर कोइराला पक्षबाट सभापतिमा रामदेव साहले उम्मेदवारी दिएका छन् । यस्तै यो समूहबाट उप(सभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरीले उम्मेदवारी दिएका छन् ।

यस्तै सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सह-सचिवमा रामसुन्दर मण्डल र मोहम्द मुस्लिमले उम्मेदबारी दिएका छन् ।

यसैगरी संस्थापन पक्षबाट सभापतिमा शत्रुघन यादवले उम्‍मेदवारी दर्ता गराएका छन् ।

उनको पक्षबाट उप(सभापतिमा फतेह मोहम्द र रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी र सनत मण्डल तथा सह(सचिवमा घनश्याम साह र मनोज खडकाले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २० गते कांग्रेसको जिल्ला नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया