नागरिक बचतपत्रमा अब अनलाइनबाटै आवेदन दिन सकिने


काठमाडौं –  नागरिक बचतपत्रमा अब अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकका अनुसार नागरिक बचतपत्र मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकेर बिक्री खुला गरिन्छ ।

नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र भने न्यूनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजारले निःशेष भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नागरिक बचतपत्र खरिद गर्नका लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोजिमको स्वघोषणा फारम भरी वा राष्ट्र बैंकको वेबसाइटअन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत पेस गर्न सक्नेछन्। फाराममा खरिद गर्न चाहेको रकम अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Citizen-Saving-Bond-Primary-Sale-Process-2

प्रतिक्रिया