

प्रचण्डले फकाउनलाई डाकेपछि खुमलटार पुगेका गौतमले दिए यस्तो जवाफ

काठमाडौं– सडकमा रहेको आफ्नो पार्टीमा सहभागी हुनका लागि फकाउन पुष्पकमल दाहाल प्रचण्डले खुमलटार डाकेपछि पुगेका बामदेव गौतमले अहिले आउन नसक्ने जवाफ दिएका छन्।
‘के प्रतिगमनतिरै जाने हो त?’, प्रचण्डले शनिबार गौतमलाई सोधेको उत्तरमा जवाफ थियो,‘म तटस्थ छु, अदालतको अन्तिम आदेशसम्म पर्खिन्छु।’
प्रतिनिधि सभा विघटनका लागि ओली दोषी भए पनि पार्टी बिभाजनका लागि प्रचण्ड पनि उत्तिकै दोषी रहेको गौतमको भनाई थियो।
‘यहाँ आएर ओलीले मिलेर जाऔं भनेका हुन्। तपाईहरू नहटाई नछाड्ने भन्ने मिल्ने ठाउँ बाँकी नराख्ने अनि परिस्थिति यस्तो आयो’, प्रचण्डलाई गौतमले भनेको उल्लेख गर्दै स्रोतले भन्यो,‘अझै सप्रिन सक्छ एकताको ठाउँ बाँकी राख्नुस्।’

