संसद भवन अगाडि भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय


काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवनअगाडि भेटिएको प्रेसर कुकर बम निष्क्रिय पारिएको छ । संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद रुपमा फेला परेको उक्त बम नेपाली सेनाले निष्क्रिय गराएका हुन्।

संसद भवनको सीधा अगाडि सडकको बीच भागमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा बम राखेर हिडेको प्रहरीले जनाएको छ ।

देशको हित विपरीत रहेको एमसीसी सम्झौता जन भावना विपरीत पास भएको भन्दै आज (सोमबार) केही दलले नेपाल बन्दको घोषणा गरेका थिए ।

 

 

 

प्रतिक्रिया