अर्घाखाँचीमा नदी तथा खानीजन्य पदार्थको अनुगमन


अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा नदीजन्य तथा खानीजन्य पदार्थको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको जिल्ला स्तरीय अनुगमन समितिले शितगंगामा हरेको नदीजन्य तथा खानीजन्य पदार्थको अनुगमन गरेको हो ।

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, प्रहरी नायव उपरीक्षक अम्मर थापा लगायतको टोलीले खानीजन्य पदार्थ तथा क्रसर उद्योगको अनुगमन गरेको हो ।

अनुगमनमा शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, सहायक वन अधिकृत मोती पौडेल, इन्जिनीयर अशोक दवाडी, करदाता सेवा कार्यलयका प्रमुख राजु बिक, निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल, वडा अध्यक्ष झबिन्द्र खनाल, शितगंगा नगरपालिकाका अधिकृत नुमलाल खनाल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य लगायतकाे पनि सहभागिता थियाे ।

प्रतिक्रिया