प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली-२०७८ स्वीकृत


विराटनगर – प्रदेश नंं १ को सरकारले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायको सङ्गठन, संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए ।

उनका अनुसार बैठकले वडाको सङ्ख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने तथा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया