

सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस सेयर कति ?

सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको २०७८ फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सेयरधनीले उक्त प्रस्तावित लाभांश वीमा समितीबाट पारित र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

