मधेसबाहेक सबै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ-  आज (शुक्रबार) मधेसबाहेक देशका अन्य सबै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परिरहेको छ। जसका कारण अहिले (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली, गण्डकी,  बागमती  र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम आंशिक बदली छ।

प्रतिक्रिया