
रुसलाई कमजोर बनाउने नेटो र इयुको तयारी
काठमाडौं – नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उत्तर अमेरिका र युरोपका सहयोगीहरूले पूर्वी भेगमा हजारौं थप सेना तैनाथ गरिसकेको र थप तयारी अवस्थामा राखिएको बताएका छन्।
‘हाम्रो हवाई क्षेत्रको सुरक्षा गर्न हामीसँग उच्च सतर्कतामा १०० जेटहरू छन् र उच्च उत्तरबाट भूमध्यसागरसम्म समुद्रमा १२० भन्दा बढी सहयोगी जहाजहरू छन्,’ उनले भनेका छन्।
रसियाले अब गम्भीर परिणामहरूको सामना गर्नुपर्ने उनले बताएका छन्। उनले दमनमाथि स्वतन्त्रताले सधैं जित्ने भन्दै आफ्नो भनाइ अन्त्य गरेका थिए। यस्तै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनले ब्रसेल्समा रूसी अर्थतन्त्रलाई गम्भीर रूपमा पतन गर्न प्रतिबन्धहरूको रूपरेखा प्रस्तुत गरेकी छन्।
उनले रूसी सम्पत्ति फ्रिज गर्ने र युरोपेली वित्तीय बजारमा रूसी बैंकहरूको पहुँच बन्द गर्ने बताएकी छन्। यसले गर्दा रूसलाई पुँजी बहिर्गमन बढाउने, मुद्रास्फीति बढाउने र बिस्तारै औद्योगिक आधार घटाउने जस्ता गम्भीर रूपमा असर गर्ने उनको भनाई छ। हाई–टेक कम्पोनेन्टदेखि अत्याधुनिक सफ्टवेयरसम्मको प्रमुख क्षेत्रहरूमा रूसको प्राविधिक स्थितिलाई कमजोर बनाउने उनले बताएकी छन्।



कागजपत्र |
