
विश्वले युक्रेनमाथिको हमला र त्यसको क्षतिको जिम्मेवार रुसलाई ठहर गर्नेछ : बाइडेन
एजेन्सी – युक्रेनविरुद्ध युद्ध घोषणा गरेको रुसले त्यसबाट हुने क्षतिको जिम्मेवार रुस आफै हुने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन्। उनले रुसमाथि थप नाकाबन्दी लगाउन धम्की दिए।
रुसले युक्रेनमाथि औपचारिक युद्धको घोषणा गरेको केही मिनेटमै जवाफ दिँदै ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा युक्रेन आक्रमणबाट हुने क्षतिको पूर्ण जिम्मेवार रुस हुने चेतावनी दिएका हुन्। उनले नाटोसँग छलफल गरेर रुसमा कडा भन्दा कडा प्रतिबन्ध लगाउने चेतावनी दिए।
उनले यस्तो अवस्थामा अमेरिका र साझेदार देशलाई एकजुट हुन आग्रह गरेका छन्। उनले विश्व नै युक्रेनका जनताको साथ रहेको उल्लेख गरेका छन्। ‘पूरा विश्वको प्रार्थना यतिखेर युक्रेनका मानिसहरूसँग छ,’ उनले भने,’ूराष्ट्रपति पुटिनले दुर्भाग्यपूर्ण ढङ्गले मानवीय क्षति र पीडा निम्त्याउने योजनाबद्ध युद्ध रोजेका छन्।’



कागजपत्र |
