आरोही निर्मल पुर्जालाई पर्यटन दूत घोषणा गर्दै सरकार


काठमाडौं – सरकारले निर्मल पुर्जालाई नेपाल पर्यटन दूत घोषणा गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुर्जालाई सम्मान गर्ने भएको हो।

नेपाली पर्वतारोही निर्मल पुर्जाले ७ महिनामा १४ वटा हिमाल आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन्। सन् २००३ मा बेलायती सेनामा भर्ती भएका निर्मल पुर्जाले जलसेनामा आबद्ध भएर काम गरेका थिए।

संसारभर आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मात्रै छन् जुन पुर्जाले १८९ दिनमै आरोहण गरेका हुन्। म्याग्दीका ३५ वर्षीय निर्मल पुर्जाले २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर अप्रिलबाट हिमाल आरोहण अभियान थालेका थिए।

हालै मात्र नेटफ्लिक्सले पुर्जाको जिवनीमा फिल्म बनाएको छ।

प्रतिक्रिया