
खुमलटार पुगेर वैद्यले प्रचण्डलाई भने –एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्
काठमाडाैँ- नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एमसीसी पारित नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। मंगलबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेर नेता वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे।
प्रचण्डले गठबन्धनमा सहमति गरेर नै एमसीसी संसदमा टेबल गरेको भन्दै संशोधन बिना एमसीसी पास गर्न आफ्नो दलले सहमति नदिने प्रतिवद्धता व्यक्त गरे।
‘प्रचण्ड जीसँग एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो,’ प्रचण्डसँगको छलफलपछि वैद्यले भने, ‘गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो। हामीले एमसीसी राष्ट्रघाती छ पास नगर्नुस् भनेका छौँ।’
वैद्यले एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्नको लागि पहल गर्न पनि प्रचण्डलाई आग्रह गरेका छन्।



कागजपत्र |
