

बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु

उक्त ट्रिपरमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ ।
दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले आफू घटनास्थलतर्फ गइरहेको उनले बताइन् ।

