आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ – देशमा पुनः पश्चिमी वायुको प्रभाव सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार शनिबार साँझबाट नेपालमा पश्चिमी न्यून प्रणालीको प्रभाव सुरु भएको हो। जसका कारण आज आइतबार दिउँसो पहाडी भेगका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

आज काठमाडौंमा उपत्यकामा पनि कतैकतै पानी पर्ने सम्भावना देखिएको मौसमविद् शाक्यले बताइन्। यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ स् बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया