

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किएका छन् । दुई दिनसम्म ओली समूहको बैठकमा सहभागी भएका तामाङले प्रचण्ड–नेपालको कुरा चित्त बुझेकोले आफू सो समूहमा फर्किएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा तामाङ गएका थिए। त्यसको भोलिपल्ट बोलाइएको केन्द्रीय कमिटी बैठकमा समेत उनी सहभागी थिए।
त्यही क्रममा उनले अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरूपयोग भएको समेत बताएका थिए।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठकमा आफू सहभागी हुने तामाङले बताए ।

