

प्रजातन्त्र दिवसको अवसरमा भीमफेदी कारागारका १० कैदीबन्दीले पाए आममाफी

हेटौंडा – प्रजातन्त्र दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारका १० जना कैदीबन्दीले आममाफी पाएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भीमफेदी कारागारका १० जना कैदीलाई माफी दिएकी हुन्। हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले सजाय काटिसकेका कैदीबन्दीलाई आममाफी दिने गरिएको छ।
शनिवार भीमफेदी कारागारमा रहेका ३ जना कर्तव्य ज्यान, ४ जना सवारी ज्यान, २ जना चोरी डकैती तथा १ जना ज्यान मार्ने उद्योगका कैदीको बाँकी सजाय माफ गरिएको भीमफेदी कारागारका निमित्त जेलर केदार सापकोटाले जानकारी दिए।

