रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्स्कमा शक्तिशाली विस्फोट


युक्रेन – रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा शक्तिशाली विस्फोट भएको स्पुतनिकले जनाएको छ।

विस्फोट ग्यास पाइपलाइन दुर्ज्भामामा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन लिहान्स्कगास ले विज्ञप्ति मार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।

स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ।

डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाहरूले रूसको सीमा पार गरिसकेका छन् । आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयं-घोषित डोनेट्स्क जनवादी गणतन्त्र (डिपिआर) ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकहरूलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् । ‘करिब २५,००० नागरिकहरूले सीमा पार गरेका छन्,’ प्रवक्ताले रूसी कार्यवाहक आपतकालीन मन्त्रीलाई बताएअनुसार ती व्यक्तिहरू निजी सवारी साधन प्रयोग गरी सीमा पार गरेका हुन् । प्रवक्ताले अहिले करिब १०,००० शरणार्थीहरू सीमा पार गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया