शक्तिशाली आँधीको कारण बेलायतका लाखौं मानिसलाई घरमै बस्न निर्देशन
लन्डन – यूनिस भनिने दशक यताकै सबैभन्दा खराब आँधीको कारण लाखौं बेलायती नागरिकलाई घरमै बस्न सरकारले आग्रह गरेको छ । यूनिस, यूकेमा आएको आँधीका कारण लाखौं मानिसहरूलाई घरमै बस्न भनिएको छ।
लन्डनस्थित मौसम कार्यालयले दोस्राे पटक जारी गरेको यस्तो दुर्लभ खतराको चेतावनीअनुसार लन्डनको दक्षिणपूर्वी सामुन्द्रिक किनार, दक्षिण-पूर्वी र पूर्वी किनारका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिइएको हो ।
उक्त चेतावनीपूर्ण सूचनामा दक्षिण-पश्चिम इङ्ल्यान्ड र साउथ वेल्समा आँधीको कारण आउन सक्ने ढुंगा र रुखका अवशेषले ज्यानलाई खतरामा पर्न सक्ने चेतावनी समेत दिइएको छ । वेल्सका सयौं विद्यालय र रेल सेवा पूर्णरुपमा रोक लगाइएको छ । वेल्समा १२ सयभन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ ।
यूनिस नामक उक्त आँधी शुक्रबार ९० किलोमिटर प्रतिघण्टाको बेगमा आउन सक्ने र त्यसले विद्युत आपूर्ति विच्छेददेखि अन्य क्षति तुल्याउने प्रक्षेपण समेत गरिएको छ । बीबीसीले वेल्समा तीन दशकयताकै सबैभन्दा खराब आँधी आएको जनाएको छ ।
यूनिस आँधी एकसाताभित्र बेलायतमा आएको अर्को शक्तिशाली आँधी हो । यसैसाता आएको अर्को आँधी ड्युड्लीले स्कटल्यान्ड, उत्तरी इङल्यान्ड र आयरल्यान्डमा क्षति पु¥याएको थियो । बेलायतमा मौसमको रेड वार्निङलाई निकै दुर्लभ चेतावनी मानिन्छ । बीबीसी