प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी


काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।

प्रतिक्रिया