

आगामी निर्वाचनमा माओवादी पहिलो शक्ति हुने दीपशिखाको दाबी

काठमाडौँ – माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका वाइसीएलका पूर्व अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आगामी निर्वाचनबाट माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्। बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले चुनावमा एक्लै लडेपनि माओवादी केन्द्र देशकै सबैभन्दा ठूलो दल हुने दाबी गरेका हुन्।

