गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान हुने


काठमाडौं – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध पूर्णिमाको दिनदेखि व्यावसायिक उडान हुने भएको छ । विमानस्थलमा भोली क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्यसका लागि एरोथाईको विशेष विमान काठमाडौं आइसकेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी जेठ २ गते अर्थात् बुद्ध पूर्णिमा देखि व्यावसायिक उडान सुरु हुने जानकारी दिए ।

अधिकारीकाअनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।

क्यालिब्रेसन फ्लाइटपछि परीक्षण उडान हुनेछ । परीक्षण उडानपछि व्यावसायीक उडान हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया