

नेकपाभित्रको विग्रहबारे मिहिन ढंगले बुझ्दै चीन, खुमलटारमा प्रचण्डसँग यान्कीको भेटवार्ता

काठमाडौं– नेकपाभित्र आएको विग्रह र फूटको अवस्थाबारे चीनले मिहिन ढंगले बुझ्न थालेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्की यहि सन्दर्भमा राजनीतिक भेटमा लागेकी छन्।
औपचारिक फूट घोषणा अघि चीनले नेकपा जोगाउनका लागि लविङ थालेको हो। खुमलटारमा भएको भेटमा चिनियाँ राजदूत यान्कीले स्थिर सरकारलाई अविश्वासको प्रस्ताव नगर्न भनेकी छन्। संसद पुनःस्थापनका लागि चीनले लविङ गरिसकेको छ। यान्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी संसद विघटन फिर्ता गर्न सके प्रचण्ड पक्षलाई मिलाउने कोशिश गर्ने बताएको उच्च स्रोतले जनाएको छ।
नेकपाभित्र भारतीय पक्षले नराम्रोसँग खेली नेपालमा अस्थिरता निम्त्याउन लागेको चीनको बुझाई छ। चिनियाँ अधिकारीहरूले भने नेपालमा राजनीतिक हस्तक्षेप नभई स्थिरतमा आफूहरूको चाहना रहेको बताउँदै आएका छन्।

