बालाजुमा बाटोकाट्ने क्रममा बसले ठक्कर दिँदा २ जनाको मृत्यु


काठमाडौं – काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ।

बसको ठक्करबाट रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा उक्त मिनिबसले ठक्कर दिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।

बिहान करिब ६ बजे भएको उक्त घटनामा परि मृत्यु भएकाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ।

यस्तै ठक्कर दिने बसको खोजीकार्य भइरहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया