इनारको ढक्कन भत्किँदा १३ जनाको मृत्यु


कुशीनगर – भारतको उत्तरप्रदेशस्थित कुशीनगरको एक इनारमा खसी १३ जनाको मृत्यु भएको छ ।

बुधबार विवाह अगाडि भएको एक समारोहमा भेला भएका महिलाहरु बसेको इनारको ढक्कन फुटेपछि उक्त घटना घटेको थियो । वैवाहिक समारोहमा खुशी मनाइरहेका मानिसहरु एक्कासी इनारमा खसेपछि स्थानीयले उद्धार गरेका थिए ।

कुशीनगरबाट जम्मा ३ किलोमिटर टाढाको अस्पताल लैजानका लागि समयमै एम्बुलेन्स नआईपुग्दा त्यति धेरै मानिसहरुको मृत्यु भएको एक स्थानीयले बताए । उनले भने, ‘एम्बुलेन्सलाई पटकपटक फोन गर्दा पनि समयमै आई पुगेन, त्यसपछि निजी कार र प्रहरीको गाडीमा घाइतेहरुलाई अस्पताल लगियो ।’

घटनाको खबर गर्ने बित्तिकै प्रहरी आइपुगेका कारण अझै धेरै मानिसहरु मृत्यु हुनबाट जोगिएको जनाइएको छ ।

घटनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै सबै मृतकप्रति श्रद्धाञ्जली समेत दिएका छन् ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको जनाइएको छ ।

प्रतिक्रिया