नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसले आत्महत्या गरेको अदालतको निष्कर्ष


लन्डन – ब्रिटेनको  कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना  कूटनीतिज्ञले आत्महत्या गरेको एउटा मृत्युको घटनामा हुने अदालती सुनुवाइबाट पत्ता लागेको छ।

रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित उनको घर नजिकै अगस्ट २०२० मा फेला परेको थियो।

नेपालका लागि पूर्व ब्रिटिस राजदूत रहेका मोरिस ५२ वर्षका थिए। उनी उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए।

विन्चेस्टरस्थित मृत्युको घटनामा हुने अदालती सुनुवाइमा मृत्युअघि उनी ‘गम्भीर तनाव’मा रहेको जानकारी दिइएको थियो।

उनले उच्च रक्तचापको समस्याका माझ दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोना भाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उनले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई  जानकारी गराइएको थिए।

मङ्गलवार  उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गरेका थिए।

वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भने, “रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए।”

“रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु।”

कोरोनाभाइरसको सङ्कट देखिएको प्रारम्भिक अवस्थामा कार्यदलले गरेको कामलाई उनले ‘विमान निर्माण भइरहेको समयमै त्यसलाई उडाउनुसँग’ तुलना गरे।

विल्किन्सनले मोरिसको आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्ने चाहना, तनाव र चिन्ता लिने पृष्ठभूमिलाई पनि उल्लेख गरेका थिए।

प्रतिक्रिया