एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार


काठमाडौं – नेकपा एकीकृत समाजवादीले शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक ७ गतेका लागि बोलाइएको हो ।

बैठकमा एमसीसी, प्रधानन्यायाधीश माथिको महाअभियोग तथा आसन्न स्थानीय चुनावका विषयमा छलफल हुने बताइएको छ ।

अमेरीकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) प्रस्ताव बिना संशोधन पास गर्न नहुने पक्षमा रहेको माधवकुमार नेपाल नेतृत्वको एस पाटीले एमसीसीविरुद्ध प्रदर्शन पनि गरिरहेको छ। ।

प्रतिक्रिया