जबराविरुद्धको महाअभियोग ठिक होइन : अध्यक्ष थापा


काठमाडौं – राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग ठिक नभएको बताएका छन् ।

उनले न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाअभियोग ठिक बाटो नभएको बताएका हुन् ।

न्यायालयमा लामो समयदेखि कायम अराजकताको अन्त्य आवश्यक थियो। तर, महाअभियोग ठिक बाटो होइन। विगतमा पनि काँग्रेस र माओवादी मिलेर तत्कालीन प्रन्या सुशीला कार्कीविरुद्ध महाअभियोग लगाउँदा नैतिकताका आधारमा हामी सरकारबाट अलग भएका थियौँ । यस्ता कार्यले न्यायपालिकाको स्वतन्त्र अस्तित्वमा आघात पुग्छ, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुको संयुक्त हस्ताक्षरसहित आज महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो।

प्रतिक्रिया