रुसमा २४ घण्टामा २ लाख बढीमा कोरोना संक्रमण


मस्को – रुसमा कोरोना भाइरस संक्रमण तिब्र गतिमा फैलिएको बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गएको २४ घण्टामा दुई लाखभन्दा बढी सङ्क्रमित देखिएका जनाएको छ ।

यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिने गरेका छन् । यहाँ हरेक दिन अहिलेसम्मकै २४ घण्टाभित्र देखिएका सबैभन्दा बढी सङ्क्रमित देखिने गरेका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका बताइएको छ । त्यसै गरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ७२९ जना सङ्क्रमितको निधन भएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्म तीन लाख ३९ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी सङ्क्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।

प्रतिक्रिया