जर्मन बुन्डेसलिगाः बायर्न पराजित


काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ ।

भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो ।

बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए ।

यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा  छ ।

प्रतिक्रिया