

‘अनैतिक चरित्र’मा कारबाही गरिएकालाई प्रचण्ड–नेपाल समूहले दियो राजनीतिक पुरस्कार

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले नैतिक चरित्रका कारण कारबाहीमा परेका दुई जना नेतालाई राजनीतिक पुरस्कार दिएको छ।
मदिरा सेवन गरी सभामुख भएका बेला रजनी शाही भन्ने संसद सचिवालयकी महिलालाई बलात्कार प्रयास गरेको भनी कारबाहीमा परेका कृष्णबहादुर महरालाई स्थायी समिति सदस्यमा लैजाने प्रचण्ड–नेपाल समूहको भेलाले निर्णय गरेको छ।
उक्त मुद्दाका कारण महराले सभामुख पद गुमाउनु परेको थियो भने पूर्पक्षका लागि थुनामा समेत बस्नु परेको थियो । मुद्दाको अन्तिम किनारा नलागेकै बेला अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको निर्णयसँगै महरालाई स्थायी समितिमा स्थान दिइएको हो।
यस्तै, सुदूर पश्चिम सरकारका मन्त्री रहेका बेला अर्की महिलासँगको अनैतिक सम्बन्धका कारण कारबाहीमा परेका दिर्घ सोडारीलाई पार्टीको जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको निर्णय पनि प्रचण्ड–नेपाल समूहले गरेको छ। सोडारी प्रकरणको अडिओ रेकर्ड त अनलाइनन्युज सेभेनसँग सुरक्षित रहेको छ। अभियोग लागेका सोडारीकी पत्नी गिता सोडारीले अर्की महिलामाथि गरेको आमाचकारी गालीसहित ‘माधव नेपाल मेरा बाउ हुन् तैंले केही पनि नाप्न सक्तिनस्’ भनेको अडिओ नै सुरक्षित छ।

