‘नातीपुस्ता’का दक्ष डाइरेक्टर ‘प्रणव’


प्रणवजंग पाण्डे– पछिल्लो समय नेपालका युवा उद्यमीमा सबैले चिन्ने नाम । व्यापारिक घरानाका तेस्रो पुस्ता । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका नाती । नेपालकै अग्रणी व्यावासयिक घराना लोमस ग्रुपका प्रतिनिधि एवं नेपालकै ठूलो र करिब तीन दशकदेखि औषधी उत्पादन गर्दै आएको लोमस फर्मास्युटिकल्सका ह्याण्ड एक्स विभागका डाइरेक्टर ।

तीन छोरालाई विभिन्न फरक प्रकृतिका उद्योगहरुको जिम्मेवारी दिएका प्रदीपजंग पाण्डेले नाती प्रणवलाई भने लोमस फर्मास्युटिकल्समा पठाए । हजुरबुवाले पठाएकै भरमा फर्मास्युटिकल्समा त्यतिकै बसेको भए अहिले प्रणव कहिँ कतै एउटा निर्देशकको भएर गुमनाम बसिरहेका हुन्थे होला शायद । तर, उनको नाम कामप्रतिको उर्जा, उत्कट चाहना एवं व्यापारिक सोचाई एवं ‘क्युरीसिटी’ नै अहिलेको नेपाली उद्योगजगतमा युवा उद्यमीका रूपमा स्थापित भयो ।

विश्वनै कोरोनाका कारण आक्रान्त बनेको परिवेशमा नेपाल पनि कोरोनाबाट अछुतो बन्न सकेन । त्यस्कै कारण सरकारले शैक्षिक क्षेत्रका साथै अन्य कतिपय क्षेत्रहरु बन्द गर्यो, त्यसैमा पर्यो प्रणवले पढ्ने कलेज अर्थात् काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसुम) । जसका कारण हजुरबा प्रदीपजंग पाण्डेले नाती प्रणवजंग पाण्डेलाई लोमस फर्मास्युटिकल्समा पठाए, अनि नाती पाण्डेले सुरु गरे नयाँ बिजनेश अर्थात् स्यानिटाइजर उत्पादन ।

कोरोनाका कारण आक्रान्त बनिरहेको देशलाई सबैभन्दा जोगाउने पहिलो माध्यम स्यानिटाइजर नै बनेको थियो त्यसबेला, जुनबेला प्रणव आफ्नो ‘आइडिया’लाई क्यास गर्दैथिए, र भए सफल पनि । बजारमा चरम अभाव र उपभोक्ताको बढ्दो मागका बीचमा कम्पनीले १ सय एमएल र ५०० एमएलको बोतलमा स्यानिटाइजर सबैजसो औषधी पसल तथा डिपार्टमेन्टल स्टोरमा पुर्यायो ।

कम्पनीको नयाँ उत्पादन अनि आफ्नो पहिलो प्रयास, जसरी भए पनि सफल बनाउनुनै थियो प्रणवलाई । जसले उनलाई डेलिभरि ब्वाई, प्याकिङदेखि लिएर बजार व्यवस्थापन र उत्पादन हेर्ने सम्मको जिम्मा दियो । उत्पादनको बजार विस्तारका लागि देशका कैयौं स्टोरहरुमा आँफैं धाए । अनि जिते नेपाली उपभोक्तासँगै हजुरबा प्रदीपजंग पाण्डेको मन ।

‘जुनसुकै संकट अवसरका रुपमा पनि आउँदो रहेछ । कोभिड कसैका लागि कहर मात्रै होला तर मेरा लागि अवसर ठहरियो,’ प्रणवजंग निकै हौसिएका छन् ।

कम्पनीको नयाँ उत्पादन अनि आफ्नो पहिलो प्रयास, जसरी भए पनि सफल बनाउनुनै थियो प्रणवलाई । जसले उनलाई डेलिभरि ब्वाई, प्याकिङदेखि लिएर बजार व्यवस्थापन र उत्पादन हेर्ने सम्मको जिम्मा दियो । उत्पादनको बजार विस्तारका लागि देशका कैयौं स्टोरहरुमा आँफैं धाए । अनि जिते नेपाली उपभोक्तासँगै हजुरबा प्रदीपजंग पाण्डेको मन ।

व्यावसाय सुरुसँगै उनमा अर्को चाह पलायो–सामाजिक सेवा । आफू जुन क्षेत्रमा रहेको छ, त्यही क्षेत्रबाट समाजप्रति उत्तरदायि हुन उनले सुरुमै सिके । अनि गरे, कोरोनाले आक्रान्त बनिरहेका बखत पहिलो पंक्तिमा उभिएर देशका लागि खटिरहेका सुरक्षाकर्मी अनि विभिन्न सार्वजनिक स्थलहरुमार्फत् सामाजिक सेवा ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, ट्राफिक प्रहरी, पशुपति क्षेत्र विकास कोष, टेबल टेनिस खेलाडीलाई स्वास्थ्य–सुरक्षाका लागि ह्यान्डवास, स्यानिटाइजर र भिटामिन–सी निःशुल्क वितरण गरेर सामाजप्रतिको उत्तरदायित्व पनि निभाए ।

सामाजप्रति उत्तरदायी बनेका प्रणवले अर्को काम गरे,  इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका १७ वर्षका स्टार क्रिकेटर एवं युवा पुस्ताका ‘रोलमोडल’ सन्दीप लामिछानेको सम्मान । जसबाट ‘नयाँ पुस्ताले नयाँ पुस्तालाई बुझ्छ’ भन्ने प्रणव मान्यताले सार्थकता पायो ।

अहिले पनि बाजे पुस्तादेखि नाति पुस्तासम्म व्यवसायमै सक्रिय छ । लोमस ग्रुपमा प्रणवका पिता प्रबलजंगले सिमेन्टका साथै प्रोडक्सनको पाटो हेर्छन् । काका प्रज्वलजंगले औषधी उद्योग हेरेका छन् भने अर्का काका प्रतापजंगको जिम्मामा बैंक तथा वित्त र पर्यटन क्षेत्र छ ।

लोमस ग्रुप अन्तर्गत अहिले औषधी, सिमेन्ट, बैंक, इन्स्योरेन्स, हाइड्रोपावर, एयरलाइन्स, पर्यटनलगायत क्षेत्रमा लगानी छ । यी सबै कम्पनीमार्फत पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने हजारौं लाभान्वित भएका छन् ।

धनी बाउको बिग्रेको छोरो’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको भए प्रणव यतिबेला महंगो गाडी लिएर कहिले नगरकोट, कहिले पोखरा गरिरहेका हुन्थे होला सायद । तर सानैदेखिको व्यावसायिक वातावरणमा हुर्किएका र व्यापारिक ‘माइन्ड’का प्रणव अहिले नेपालको नम्बर १ औषधी एवं स्यानिटाइजर कम्पनीका निर्देशक बनिसकेका छन् ।

लोमस ग्रुपका लोमस फर्मास्युटिकल्स र लोमस परेन्टरल्स एन्ड फर्मुलेसन गरी दुई औषधी उद्योगले नेपालको औषधी बजारमा ६ प्रतिशत हिस्सा ओगट्छन् भने ग्रुपकै कसमस सिमेन्ट, तेज र पूर्वेली ब्रान्डका सिमेन्टका साथै शिखर इन्स्योरेन्स कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, कैलाश हेलिकप्टर्स व्यापारिक प्रतिष्ठान हुन् । त्यसबाहेक लोमस ग्रुपले राष्ट्र निर्माणका लागि उर्जा क्षेत्रमा पनि हात हालेको छ- तादीखोला (५ मे.वा.) र मिस्त्री खोला आयोजना (४२मे.वा.) मार्फत ।

युवा उद्यमी प्रणवजंग पाण्डे नेपालकै प्रसिद्ध विज्ञापन कम्पनी फर्मुला प्लस क्रिएटिभ एण्ड एड मिडियाको बिजनेश प्रमोशन कन्सल्ट्यान्टका रूपमा नियुक्त भएका छन् ।  त्यस्तै ‘को बन्छ करोडपति’ सोका अर्गनाइजिङ पार्टनर समेत रहेका पाण्डे लोमस इन्भेष्टमेन्टसँग पनि सम्बद्ध छन् ।

धनी बाउको बिग्रेको छोरो’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको भए प्रणव यतिबेला महंगो गाडी लिएर कहिले नगरकोट, कहिले पोखरा गरिरहेका हुन्थे होला सायद । तर सानैदेखिको व्यावसायिक वातावरणमा हुर्किएका र व्यापारिक ‘माइन्ड’का प्रणव अहिले नेपालको नम्बर १ औषधी एवं स्यानिटाइजर कम्पनीका निर्देशक बनिसकेका छन् । र, ‘हुने बिरुवाको चिल्लो पात’ भने झैं भविष्यमा आफ्नो घरानाको नेतृत्व गर्ने लयमा लागेका छन् । कात्तिक ४ मा जन्मेका प्रणव भर्खरैमात्र आफ्नो ‘टिन एज’ पार गर्दै २० वर्षका प्रणव बनेका छन् नेपाली युवाहरुको प्रेरणाको स्रोत ।

प्रतिक्रिया