मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ


सिन्धुपाल्चोक – मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका-४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् ।

मानव  वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।  तर उनी फरार थिए ।

पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको छ ।

प्रतिक्रिया