आजदेखि फेरि हिमपात र वर्षा


काठमाडौँ – केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरु हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि कम्तीमा शुक्रबारसम्म देशका धेरैजसो स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको हो।

महाशाखाले आगामी २४ घण्टा ९बिहीबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

‘देशभर मौसम बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ’ महाशाखाले भनेको छ ।

प्रतिक्रिया