राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गते आईपिओ निष्काशन गर्ने


काठमाडौं – काभ्रेको साँगामा केन्द्रिय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले यही फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने भएको छ । आईपिओ निष्कासन गर्ने अन्तिम तयारीमा रहेको यो वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकसम्म गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जस अनुसार यो संस्थाले खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ प्रतिशतसहित अधिकांश सूचकहरुमा प्रगति हासिल गरेको छ भने खराव कर्जा करिब ५९ प्रतिशत घट्न गई जम्मा खराब कर्जा १.०३ प्रतिशतमा सिमित राख्न संस्था सफल भएको छ ।

यो तथ्यांक लघुवित्त वित्तीय संस्थाहरु मध्येकै कम भएको दावी गरिएको छ । यो वित्तीय संस्थाले हालसम्मको सञ्चित मूनाफा र चालु आर्थिक वर्षको बाँकी छ महिनामा आर्जन गर्ने मूनाफाबाट आगामी वर्ष शेयर धनीहरुलाई करिव ५० प्रतिशतभन्दा बढी लाभांस सजिलै बाँड्न सक्ने देखिन्छ ।

साथै, प्रकाशित आब्हान पत्र बमोजिम यो वित्तीय संस्थाको आर्थिक वर्ष ०७८/०७९ मा खुद मुनाफा करिब ८ करोड ५ लाख, ०७९/०८० मा १९ करोड ७३ लाख र ०८०/०८१ मा २७ करोड ५ लाख रुपैयाँ हुने र सोहि अवधिमा प्रति शेयर आम्दानी क्रमश: ३०.९८ रुपैयाँ, ७५.९० रुपैयाँ र १०४.०४ रुपैयाँ हुने प्रक्षेपण गरेकोले भविष्यमा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्ने देखिएको हुदा ढुक्क भएर आइपिओमा लगानी गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया