कमल थापाले राजनीतिक आत्महत्याको बाटो रोजेः केन्द्रीय सदस्य पाठक


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले कमल थापाले राजनीतिक रुपमा आत्महत्याको बाटो रोजेको बताएका छन् ।

पूर्व अध्यक्ष थापाले पार्टीबाट अलग भएको घोषणालगत्तै केन्द्रीय सदस्य पाठकले कमल थापाको निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण भएको बताउँदै थापाले राजनीतिक रुपमा आत्महत्याको बाटो रोजेको बताएका छन् ।

केन्द्रीय सदस्य पाठकले सोमबारको बैठकमा थापाको यस्तो निर्णय आउने कुनै संकेत नभएको बताउँदै कार्यकर्ताको भावनाविपरित उनले यस्तो कदम चालेको बताए ।

उनी लेख्छन्, हिजोको वैठक सम्म नेता #कमल_थापाको यस्तो निर्णय आउने छनक थियन।हामिले भनेका थियौ,पार्टी भित्र नै संघर्ष गरौ,समय आउँछ भनेर।तर उहाले मान्नुभयन।लाखौ कार्यकर्ता को भावना विपरीत उहाले कदम चाल्नु भयको छ।

यो निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण छ।

अन्ततः उहाले राजनैतिक रुपमा आत्महत्याको वाटो रोज्नुभयको छ।

यो सफल हुदैन।यस्ता प्रयास विगतमै असफल भइसकेका छन।

राप्रपा सतप्रतिसत राजा वादी र हिन्दु वादी हरुको पार्टी हो।पार्टी लाई यहासम्म लेराउन कमल थापाको मेहनत लाई अवमूल्यन गर्न सकिदैन।

#कमल_थापा लाई पार्टीले रोक्न नसक्नु पनि दुखद नै हो।

कमजोरी कसको काहा रह्यो इतिहास ले मुल्यांकन गर्ला।

फेरिपनि एकता सहमति र सहकार्यको विकल्प छै

 

प्रतिक्रिया