सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो, ताेलाकाे कति ?


काठमाडौं – साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया