फेब्रुअरी २१ देखि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने


सिड्नी – अष्ट्रेलियाले आफनो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी पर्यटकका लागि आउँदो फेब्रुअरी २१ देखि प्रवेशमा अनुमति दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।

यस्तै विदेशी विद्यार्थीलाई पनि प्रवेशमा अनुमति दिइने भएको छ । कोरोनाका कारण सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सिमामा प्रतिबन्ध लगाइएको थियो । कोरोनाको संक्रमण दर घट्दै गएको भन्दै पुन प्रवेश गराउन लागिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पूर्णमात्रा खोप लगाएका विदेशी नागरिकलाई सहजै प्रवेश गर्न दिइने प्रधानमन्त्री स्कट मोरिसनले बताए । यस्तै स्वास्थ्य अवस्थाका कारण खोप नलगाएका हकमा पनि प्रवेशमा छुट दिइने प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन् ।

तर उनीहरुले अनिवार्य केही दिनभने क्वारेन्टिन बस्नुपर्ने छ । कोरोना महामारी फैलिए यता कोरोनाका कारण २० लाख मानिस संक्रमित भइसकेका छन् भने कोरोनाका कारण अहिलेसम्म ४ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया