
एमालेनिकट खेलकुद महासंघ संयोजकमा बस्नेत
काठमाडौं – नेपाल खेलकुद महासंघको संयोजकमा राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष पर्शुराम बस्नेत चयन भएका छन् ।
नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको आइतबार सम्पन्न पदाधिकारी बैठकबाट बस्नेतलाई संयोजकमा चयन गरिएको हो ।
बस्नेतको संयोजकत्वमा बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । अन्य पदाधिकारीको चयन भने पहिलो बैठकले गर्ने बताइएको छ ।



कागजपत्र |
