

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

सोल – दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको सङ्ख्या निकै बढेको छ । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको सङ्ख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् ।
कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ ।
गत वर्ष यहाँ अघिल्लो वर्षका तुलनामा नागरिकले २१ प्रतिशत बढीले अनलाइनबाटै खरिद गर्ने गरेका पाइएको छ ।
गत वर्ष यहाँका नागरिकले करिब १६० बिलियन अमेरिकी डलर बराबरका सामानहरु अनलाइनबाटै खरिद गरेका छन् ।
यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुले कोभिडका कारण नै नागरिकहरु बाहिर ननिस्किएर अनलाइनबाट सामान मगाएको पाइएको बताएका छन् ।

