मन्त्री यादवसँग मानव अधिकार आयोगले लियाे स्पष्टीकरण


काठमाडौं – हिंसात्मक अभिव्यक्तिका कारण विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ । मन्त्री यादवले गत माघ ५ गते बलिदानी दिवसका अवसरमा रौतहटमा आयोजित सभामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लक्षित गरी हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् ।

१५ वर्ष पुरानो गौर नरसंहार घटना स्मरण गर्न भन्दै डा. राउतलाई मन्त्री यादवले धम्की दिएकी थिइन् । यही अभिव्यक्तिका विषयमा बिहीबार आयोगले मन्त्री यादवलाई बोलाएर स्पष्टीकरण लिएको हो । उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई आयोगले सचेत गराएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहो¥याउन पनि भनेका छन् ।

त्यसक्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको स्वीकार गर्दै कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको जिकिर गरिन् । उनले हिंसा र मुठभेडको मनसाय नरहेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहो¥याउने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया