संसारको कुनै पनि ठाउँमा केबल १ घन्टामा…
बेइजिङ – चीनले एक घन्टामा संसारको कुनै पनि कुनामा पुग्न सकिने हाइपरसोनिक विमानको निर्माण गर्दैछ ।
आगामी साल परिक्षण गर्ने अनुमान गरिएको चीनले निर्माण गरिरहेको ‘रकेट विथ विङ्स’ नामक उक्त हाइपरसोनिक विमानले एक घन्टामा ११ हजार २६५ किलोमिटर दूरी पार गर्ने जनाइएको छ । १० जना बस्न मिल्ने गरि निर्माण गरिँदै गरेको उक्त विमानमार्फत् बेइजिङबाट न्यूयोर्क जम्मा १ घन्टामा पुग्न सकिने विश्वास लिइएको छ ।
स्पेस ट्रान्सपोर्टेशन नामक कम्पनीले बनाउन लागेको उक्त विमान सन् २०२४ सम्म तयार हुने र त्यसपछि प्रयोगमा आउने अनुमान गरिएको छ ।
कम्पनीका अनुसार यस रकेटको खर्च स्याटलाइनमा जाने रकेटभन्दा कम खर्चिलो र अहिलेसम्मको हवाई सेवा भन्दा अत्याधिक छिटो हुनेछ ।
चीनले ९ हजार ६५६ किलोमिटर प्रतिघन्टाको न्यूक्लियर मिसाइल इन्जिन पनि बनाई रहेका छ । नासाले खर्चका कारण उक्त योजनालाई स्थगित गरे पनि चिनले भने काम अगाडि बढाइरहेको जनाइएको छ ।