
नागढुंगामा बस जाँच गर्दा लागुऔषधसहित एक व्यक्ति पक्राउ
काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा बुधबार लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।सुनसरीको धरानबाट काठमाडौँ आउँदै गरेको ना७ख ३२५५ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषधसहित सप्तरीका ४६ वर्षीय शिवचरण दासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनले बोकेको झोलाबाट १ हजार २० एम्पुल लागुऔषध ९डाइजेपाम, नोफिन र फेनारगन० फेला पारिएको थियो।
हाल उनीविरुद्ध औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरीवृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।



कागजपत्र |
