नेपालमा कोरोनाबाट संक्रमण हुनेभन्दा मुक्त हुने दोब्बर


काठमाडौँ – देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा ३ हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिइन्।

यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या ७ हजार ५५५ पुगेको उनले बताइन्। हालसम्म ८ लाख ७८ हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ।

प्रतिक्रिया