सीटीईभीटीका स्थगित परीक्षाहरु फागुन ६ गतेबाट हुने


काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले स्थगित गरेका परीक्षाहरू सञ्चालन हुने भएका छन् । सीटीईभीटीले आज सूचना जारी गर्दै कोभिड–१९ का कारण स्थगित गरिएका परीक्षाहरू फागुन ६ गतेबाट सञ्चालन हुने जानकारी दिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षाहरू सञ्चालन गरिने पनि सीटीईभीटीले जनाएको छ । यसअघि, माघ महिनामा सुरु हुने भनिएका सबै परीक्षाहरू माघ १२ गते सूचना निकालेर स्थगित गरिएको थियो ।

परीक्षा स्थगित गरिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूले निरन्तर विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका थिए ।

सीटीईभीटीले डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगित गरिदिएको थियो । अब यी सबै परीक्षाहरू सञ्चालन हुने जानकारी दिँदै सीटीईभीटीले तालिका पनि निकालेको छ ।

सूचना:

प्रतिक्रिया