

गृहमन्त्री बादल भेट्न प्रचण्ड पुल्चोकमा, बादलका प्रतिनिधि बालुवाटारमा

काठमाडौं– केन्द्रीय कमिटी बैठकमा बहुमत पुराउन हम्मे परेपछि तटस्थ बसेका गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्री क्वार्टर पुल्चोक पुगेका छन्।
दिउँसो थापाथलीको कार्की पार्टी प्यालेसमा डाकिएको केन्द्रीय कमिटी बैठकका बहुमत सदस्य ओलीको समर्थनमा पुग्ने बुझेपछि प्रचण्ड बादललाई फकाउनका लागि पुल्चोक पुगेका हुन्।
तर बादलका प्रतिनिधिहरू भने अहिले बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्। स्थायी समिति सदस्यहरू मणि थापा, टोपबहादुर रायमाझीलगायत बालुवाटारमा सहभागी छन्। थापा र रायमाझी बादल कित्तामा खुलेका स्थायी समिति सदस्य हुन्।

