प्रचण्डलाई कारबाही गरेको पत्र पहिल्यै निर्वाचन आयोगमा, तीन सय केन्द्रीय सदस्य थप्दै ओली!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादबीच नयाँ खुलासा भएको विवरण सतहमा आएका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीबाट कारबाही गरि निस्काशन गरेको पत्र पहिले नै निर्वाचन आयोगमा दर्ता भएको विवरणमा आएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको केन्द्रीय समिति बैठकमा भने तीन सय सदस्य थपेर शपथ गराउने तयारी भएको बताइएको छ। तत्कालिन नेकपा एमालेका नेता समेत रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका ओलीविरोधी स्थायी समिति सदस्यलाई भने स्पष्टीकरण सोध्ने मात्र निर्णय भएको बताइएको छ।  

प्रतिक्रिया