एमसीसीको विरोध गर्ने भीम रावलविरुद्ध बाबुराम भट्टराईको आक्रोश : यी नक्कली पीएचडी हुन् ?


काठमाडौँ – आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न नेकपा एमालेका नेता भीम रावललाई पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चुनौती दिएका छन्।

एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई लेखेको स्मृतिपत्रमा भनिएको छ, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुराम (तत्कालीन प्रधानमन्त्री डा. भट्टराई) ले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो। वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ।’

यस्तो आरोप लागेपछि हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले त्यसको स्रोत, मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिएका हुन्।

‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन् ! विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत मितिरस्थान खुलाउनुपर्छ’, डा. भट्टराईले सोमबार राति सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

 

प्रतिक्रिया