एमसीसीका पक्षमा वकालत गर्दै मध्यरातमा बाबुराम भट्टराईले गरे कडा प्रश्न


काठमाडौँ – सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा एकोहोरो वकालत गरिरहेका छन्। उनले खासगरी सामाजिक सञ्जालमार्फत निरन्तर एमसीसी संसदबाट अनुमोदन गरिनुपर्छ भन्ने तर्क गरिरहेका हुन्।

यसै क्रममा सोमबार मध्यराति पनि उनले एमसीसीका पक्षमा जोडदार अभिव्यक्ति दिएका छन्। उनले एमसीसी सम्झौता नेपालका राजनीतिक दल र यसमा मुख्यगरी कम्युनिस्टका लागि अग्निपरीक्षा बनेको टिप्पणी गरेका छन्।

यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले अमेरिकाको पुँजी अछूत हुने भए चीन, भारत र अन्य देशका चाहिँ के गर्ने भनेर प्रश्नसमेत तेर्स्याएका छन्।

‘एमसीसी नेपालका राजनीतिक दल, मुख्यतः कम्युनिस्ट निम्ति निर्णायक अग्निपरीक्षा बन्दै छ। पहिलो– राष्ट्रियता। भारत, चीन र अमेरिकासँग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने ?’, उनले भनेका छन्, ‘दोस्रो– विकास नीति। अमेरिकी अनुदान सहयोग नलिने हो भने डब्ल्यूबी, एडीबी, आईएमएफसँग के गर्ने ? अमेरिकी पुँजी अछूत भए चीन, भारत र अन्यका ?’

प्रतिक्रिया